आफ्नै बाबुलाई भाला प्रहार गर्ने युवक पक्राउ
आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ पोस्तके बस्ने विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले घरायसी विवादमा भालाले ढाडमा प्रहार गरी बुबा गोपाललाई गम्भीर घाइते बताएका थिए । खबर पाउनासाथ पुगेको प्रहरी बिट मौनाबुधुकको टोलीले विनोदलाई पक्राउ गरेको हो ।