प्रसुति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

चितवन, चैत २७-
भरतपुर अस्पतालमा प्रसति सेवा निःशुल्क रहेको छ । तर त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ ।
अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेल अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए । लकडाउनका कारणले सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या केही कमी भएको र अस्पतालको जस्तो सुविधा अन्यत्र नरहेको बताए ।