अभागीका दुई गजल




सिंहदरवार

 

सिंहदरवार पसेपछि थाले तानावाना बुन्न
जनताका पीर मर्काहरू सबले छाडे सुन्न




देश बनाउने भाषण–भूषण साह्रै तीखा हुन्छन्
भन्छन् अमृत पान मात्र गर्छु घुसपेस आदि छुन्न

महनदी बग्दो रैछ , बन्याँे तिनकै लागि चारै धाम
सहजसँग प्राप्त भयो सफलताको आटा गुन्न

कठीन पर्दा भाव बग्छ , सती श्रापित देश हो यो
दुःख कष्ट जनता भोग्छन् उनले भन्छन् केही हुन्न

जुनै जोगी आए पनि कानै चिरिआउँदा रैछन्
सुन्दर शान्त मौरी माथि अरिङ्गलको हुन्छ घुन्न

 

उदास

यो मन भयो उराठिलो, कसो गरी रोकु मैले
गोजी चुह्यो बुङ्गो भयो, कसो गरी धोकुँ मैले

नखोल भो इतिहास मर्माहत बन्छु म त
कसो गरी तिम्रो पीर थपी थपी बोकुँ मैले

दधीचिको त्याग भनुँ, त्यसो भन्न कहाँ मिल्छ
सत्यताको खोजी गर्दा कस्लाई दोषी तोकुँ मैले

जन्मे पछि मर्नै पर्छ यो त ध्रु्रबसत्य हो नि
गलाभरी कफ बस्यो कसो गरी खोकुँ मैले



सम्बन्धित
Loading...