कहाँ गयो कालिका नगरपालिकाको सरकारी राहत प्याकेज ?



केशव तिवारी घायल / पुर्वि चितवनको कालिका नगरपालिकामा राहत सहयोग दिने कैयौं ब्यक्तिहरु छन् जो पब्लिसिटीमा गएनन् । प्रचारप्रसार नगरे राम्रो हुन्थ्यो, केहीले गरे । यो व्यक्तिगत छनौटको पनि कुरा हो ।



खाँचोमा हुने धेरैले आफैले टिभी रेडियो मार्फत याचना गरे/गर्दैछन् । तर जसरी देओस् , नदिने भन्दा दिने महान हो । कुनै ब्यबसायी र ब्यक्तिले आफ्नो ब्यक्तिगत तवर बाट सिमित राहत बितरण गरेपनी आजसम्म नगरपालिका भने यस बिषयमा मौन रहंदै आएको छ ।

चितवनका अधिकांश नगरपालिकाहरु र गाउँ पालिकाले समेत सरकारी निर्णय अनुसार राहत बितरण गरीरहेका बेला कालिका नगरपालिकामा अधिकांश जनता श्रमिक मजदुर र सुकुम्बासी भएपनी आजसम्म किन राहत बितरण हुन सकेको छैन यो सोचनिय बिषय बनेको छ ।




सरकारले लकडाउनका बेला प्रतिकुल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिकबर्ग तथा असहायहरुलाइ दैनिक जिवनयापनका लागी स्थानिय तहबाट राहत उपलब्ध गराउने निर्णय चैत्र १९ गते नै गरीसकेको छ । यो निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले राहत सम्बन्धी मापदण्ड अनुसार असंगठित क्षेत्रका श्रमिक भन्नाले दैनिक रुपमा कामकाज गरि पटके वा दैनिक ज्याला आम्दानी गर्ने श्रमिक कामदार र मजदुरहरुलाइ परीभाषित गरेको छ ।

मापदण्ड अनुसार राहत दिन वडा कार्यालयले अभिलेख राखी गिटि कुट्ने, बालुवा चाल्ने, निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने, डकर्मी, सिकर्मी र हेल्पर लगायतका मजदुरहरुलाइ समेत राहत पाउने सुचिमा राखिएको छ । अझ यति मात्र नभएर मापदण्ड अनुसार सबै सवारी मजदुरले समेत राहत पाउने ब्यवस्था गरीको छ । जस अनुसार सरकारले प्रती परिवारका दरले चामल ३० किलो , दाल ३ किलो , नुन ३ प्याकेट , खाने तेल २ लिटर र चिनी २ किलो बाडिने जनाएको थियो । जसमा स्थानिय तहले तीन दिन भित्र अभिलेख टुङ्गयाएर राहत बितरण सुरु गर्नु पर्ने मापदण्डमा उल्लेख छ । वडाले अभिलेख राख्दा भने एक एकाइ मानेर कायम गर्ने भनिएको छ । एक परीवारमा दुइजना मात्र भए राहत सामाग्रीको आधार र सो भन्दा बढी सदस्य भएमा पुरै राहत पाउने गरि मापदण्ड बनाइएको छ ।

सरकारले चैत्र १९ गते नै निर्णय गरीसक्दा पनि आजसम्म कालिका नगरपालिकाले राहत बितरण गर्न नसक्नुले कालिका बासी आम श्रमिक मजदुरहरु सरकारको राहत प्याकेज आउने बाटो हेरेर बस्न बिवश छन । कालिका ३ र ७ नम्वर वडाका अधिकांश सुकुम्बासी बस्तिमा चुल्हो बल्न छाडेको हप्तौं भैसक्यो तैपनी स्थानिय सरकार बेखबर जस्तै गरी होम क्वारेन्टाइनमै बसिराखेको छ । त्यहाँका स्थानिय मजदुरको हरुको एउटै गुनासो थियो – सरकारी निर्णय राम्रो हो तर नियत नै खराब भएका जनप्रतिधिहरुको कारण सरकारी राहत प्याकेज पाउन सकिरहेका छैनौं । बिहान बेलुका के खाने कुनै टुङ्गो छैन । यतिका दिनसम्म राहत आएको छैन अब आउँछ कि आउँदैन थाहा छैन यदि आइहाल्यो भने पनि आउने बेला सम्म बांचिदैन कि जस्तो लाग्छ । कोरोनाले भन्दा पनि खान नपाएर मर्छौं कि भन्ने चिन्ता बढ्न थाल्यो ।



सम्बन्धित
Loading...