राहत वितरणमा भएको लापरवाहीको छानविन गर्न माग


परासी, चैत २९ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गरेको राहत वितरणमा चरम लापरवाही भएको भन्दै छानबिन गरी कानुन बमोजिम कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले माग गरेको छ ।



प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शनिबार एक ज्ञापन पत्र बुझाउँदै मञ्चले दोषीलाई तत्काल कारवाही गर्न ध्यानआर्कषण गराईएको मंचका केन्द्रिय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।

रामग्राम नगरपालिकाले शुक्रबार वडा नम्बर ११, ३ र ६ मा वितरण गरेको चामल लगाएका खाद्य सामाग्रि गुणस्तरहीन भएको भन्दै गरिब विपन्न वर्गले नगरपालीकाको मुलगेटमै फ्याकीदिएका थिए ।




साथै रामग्राम नगरपालिकाले नगरक्षेत्रभित्र छरेको किटनाशक औषधीको म्याद गुज्रेको पाइएको प्रति मञ्चले ज्ञापन पत्रमार्फत सम्बन्धी निकायको ध्यानआर्कषण गराएको मञ्चका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो ।

नगरापालिकाले गत २६ गतेदेखी औषधीजन्य व्यवसाय बाहेक अरु सबै प्रकारका व्यवसाय बन्द गर्न, गरेको निर्णय प्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । व्यवसायीले बाहीर पसल बन्द गरेपनि उपभोक्ताको बाध्यताको फाईदा लिदै “ब्याक डोर” बाट मनलाग्दी मुल्यमा सामान बिक्री भईरहेको र कालोबजारी पनि बढेको गुनासो आफुहरुलाई प्राप्त भएकोमा प्रशासनको ध्यानआर्कषण गराएको अध्यक्ष पौडेलले बताउनुभयो ।



सम्बन्धित
Loading...