युवाहरुकाे अगुवाईमा प्रतापपुरमा किटनाशक अाैषधी छर्कियाे




नन्दु यादव –
चैत ३० नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा न ९ काे प्रतापपुर गाउमा आज किटनाशक  अाैषधी छर्किएकाे छ ।
स्थानीय युवाहरु परिचालन भएर प्रतापपुर गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटोहरु र २१० घर धुरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे स्थानीय युवा एवम समाजसेवी मुन्ना सिध्दिकिले जानकारी दिए।
किटनाश अाैषधीले हाम्राे गाउघरमा रहेका किटाणुहरुलाई मारि विभिन्न राेगबाट बच्ने उद्देश्यका साथ किटनाश अाैषधि छर्केकाे सिध्दिकीले बताए।
बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना सक्रमणलाई न्यनिकरण तथा राेकथाम गर्नका लागि जनचेतना जगाउदै गाउका युवाहरु जितन्द्र चाैधरी, गाेबिन्द चाैधरी कन्हैया चाैधरीका लगायत अगुवाईमा अाैषधि छर्किएकाे बताईएकाे छ।
बाबुजानकाे पाँच हजार र अन्य गाउटाेल अार्थिक सहयोगम अाैषधि छर्किएकाे बताईएकाे छ।
अब यस्तै राेगबाट बच्न हरेक गाउगाउमा किटनाशक अाैषधि छर्किनपर्ने अावश्यक रहेकाे बताईएकाे छ।



सम्बन्धित
Loading...