लक डाउन अबज्ञा गर्दै नारायणीमा स्नान गर्नेको घुईचो




नारायण शर्मा –
नवलपरासी । लक डाउन अबज्ञा गर्दै नयाँ वर्षमा नारायणी नदीमा स्नान गर्ने र पुजा आजा गर्नेको बिहानैदेखि घुइचो लागेको छ । नयाँ वर्षमा नारायणी नदीमा नुहाउनाले रोग निको हुने र ऐश्वर्य बृद्धिहुने भन्दै नुहाउने चलन छ ।
सोमवार नारायणी नदी किनारका घाटहरुमा बिहानैदेखि सर्वसाधारण केटाकेटि बोकेर नदी किनारमा पुगेका थिए । बाक्लो भिड छ भन्ने जानकारीपछि पुगेको प्रहरीले सर्वसाधारणलाई टाढाटाढा बसेर स्नान गर्न र चाडो घर फर्किन आग्रह गरेको देखिन्थ्यो । नया बर्षमा गंगा स्नान गर्नाले रोगब्याधिले छुन्न भन्ने सनातन मान्यताका आधारमा आफुहरु स्नान गर्न र पुजाआजा गर्न आएको पिठौली स्थित नदी किनारमा भेटिएका पंण्डित सुर्बमन्यम पौडेलले सुनाए । उनले रोग निकोहुने भएकाले नुहाउन पर्ने दावी गरे । स्नान गरेकाहरुले नदी किनारमै बत्तिबाल्ने , सूर्यलाई जल, अर्घ चढाउने गरेका थिए । नजिकमा मन्दिरहरुमा जल चढाउनेको उत्तिकै घुइचो थियो ।
पिठौलीका राजन गुरुंगले रोग नलाग्ने बिश्वासमा सोमबार बिहान ५ बजेवाट पिठौली स्थित नदी किनारमा सर्वसाधारण ओइरिएको सुनाए । उनका अनुसार अघिल्ला वर्ष भन्दा यो बर्ष भिड बढि देखिएको छ । सर्बसाधारणलाई १ मिटर दुरी कायम गरेर नुहाउन प्रहरीले गरेको आग्रहलाई कसैले टेरेनन । एकै परिवारका सबै जसो नदी किनारमा आएका थिए । टाढाटाढावाट गाडि मोटरसाकल र साइकल र रेक्सामा समेत सर्वसाधारण पुगेका देखिन्थे ।
प्रशासनले लकडाउनको उल्लंघन नगर्न र घरघरमै नुहाउन गरेको आग्रह बेवास्ता गर्दै नदी किनारमा गत वर्षहरुमा भन्दा बढी भिड लागेको हो ।



सम्बन्धित
Loading...