कोरोना भाइरसबाट विश्वभर १ लाख २६ हजार बढीको मृत्यु, संक्रमितको संख्या २० लाख नजिक




काठमाडौं, वैशाख ३-
विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरस (कोभिड १९) को सङक्रमणबाट १ लाख २६ हजार ५३८ को मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २० लाख नजिक पुगेको छ

१३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचार भइरहेका मध्ये  ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ । सङक्रमण पश्चात हालसम्म ४ लाख ७८ हजार ३२६ जना  ४ लाख ७८ उपचारपछि निको भएर घर फर्किसकेका छन् ।




कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा २५ हजार ९८९ जनाको मुत्यु भइसकेको छ । इटालीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये एकजना निको भइसकेका छन् ।



सम्बन्धित
Loading...