नारायणीमा डुंगा दुर्घटना: नवलपरासीकी एक जना बालिका वेपत्ता


नारायणी नदीमा बुधबार साँझ डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए।



डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले उद्धार गरेको तर बालिका महतो भने नदीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक खाँडले जानकारी दिए । उनीहरु नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएर फर्किने क्रममा डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...