-यापिड टेष्टमा पोजेटिभ देखिएका चितवनका युवाको पनि पीसीआर परीक्षण नेगेटिभ


चितवन, ३ बैशाख । -यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।



बुधबार गरिएको ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजेटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार नै परीक्षण गरिएको थियो । पीसीआर मेसिन मार्फत परीक्षण गर्दा ती पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।




कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी आएदेखि नै १४ दिन होम क्वारेन्टाइनमा बसेका थिए ।

त्यसपछि उनी खासै धेरै व्यक्तिको सम्पर्कमा नपुगेको स्थानीयले बताएका छन् । ती पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनको गुञ्जमान सिंह अस्पतालमा बुधबार ¥यापिड टेष्ट गरिएको थियो ।

¥यापिड टेष्ट पश्चात उनी घर पुगेका थिए । ¥यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई फोन गरेर अस्पताल बोलाइएको थियो । अहिले उनलाई गुञ्जमान सिंह अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

बुधबार अस्पतालमा ३९ जनाको ¥यापिड टेस्ट गरिएकोमा एक जनामा मात्र पोजेटिभ देखिएको हो ।



सम्बन्धित
Loading...