लकडाउन कडा गर्दै सरकार,नमाने एक महिना जेल,अधिकार प्रजिअलाई


कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । यस्तै सरकारले गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्‍नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ।



अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र सङ्क्रमणलाई फैलन नदिन लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्नमा अवरोध गर्नेलाई थुनामा राख्ने बैठकले निर्णय गरेको हो। सङ्क्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

ऐनको उल्लङ्घन गर्नेलाई अधिकतम छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसुरमा कारवाही वा किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।



सम्बन्धित
Loading...