कोरना – गजल




✒️अमृत देव –

केको रिस थियो कुन्नी मानवतामा खनाइदियो!
कोरनाको कहरले घरै जेल बनाईदियो!!




धनी गरिब राजा रैती कोही कतै माफ छैन!
गाउँ शहर देश संसार हरिताल मनाइदियो!!

तछाडमछाड गरि धन कमाउने नि कुना पस्यो!
धनभन्दा काल ठूलो भन्ने प्रष्ट जनाइदियो!!

शक्तिशाली देश पनि रोएको यो समयमा !
लासै छुन नपाउने सुन्दा पीडा झनैदियो!!

कोरोना यो रचाएको हो कि, आफैं रचिएको!
हुन सक्छ विनाशकारी बनाएरै थमाइदियो!!

सुरक्षित बनी बसौं स्वस्थ्य संकट भएको छ!
महामारी कोरनाले दुनियाँलाई ज्ञानैदियो!!

अमृत देव, कावासाेती



सम्बन्धित
Loading...