सुनवलका मनकारी ब्यापारीहरु द्धारा राजमार्गमा हिडने पैदल यात्रुलाई खाना खुवाउदै




गोपी ज्ञवाली ।
नवलपरासी, ५ बैशाख । पछिल्लो करिब एक महिना देखी सरकारले देशभरि लागु गरेको लकडाउनका कारण पुर्वपश्चिम लोकमार्गमा पैदल हिडेर घर जान थालेका पैदल यात्रीहरुलाई सुनवलका केही मनकारी ब्यापारीहरुले बाटोमा निशुल्क खाना खुवाउने ब्यवास्था गरेका छन ।
लकडाउनका कारण पुर्वपश्चिम लोकामार्गमा यात्रुवाहक गाडीहरु नचले पनि सडकमा पैदल नै हिडेर घर तर्फ जाने यात्रुहरुको लाईन लागेको अवश्थामा सयौं पैदल यात्रुहरु भोकभोकै हिडेको र ती यात्रुहरुलाई सरकारको तर्फ देखी कुनै ब्यवस्था नभएको पाईए पछि सुनवलका केही मनकारी ब्यापारीहरुले पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने पैदल यात्रुहरुलाई पछिल्लो ४ दिन देखी खाना खुवाउने ब्यवस्था गरेको सुनवल चोकमा स्थित हरि ओम मिस्ठान भन्डारका संचालक भाविश्वर न्यौपानेले बताएका छन ।
गाडी बन्द भएका कारण पुर्व पश्चिम राजमार्गमा पैदल यात्रा गरेका यात्रुहरुलाई सुनवल चौराहाका स्थानिय ब्यापारी हरि ओम मिस्ठान भन्डार, मिलन पत्रपत्रिका एवं स्टेशनरी, पाण्डे पुस्तक पसल, शिद्धबाबा स्टोर, शिव आयरन, श्रेष्ठ फेन्सी, आषिश फलफुल लगाएतका मनकारी ब्यापारीहरुको सक्रीयतामा हरि ओम मिस्ठान भन्डारको मेशमा खाना पकाउदै दैनिक १ सय भन्दा बडि यात्रुहरुलाई ४ दिन देखी खाना खुवाउने काम गरेको सुनवल ४ हाटबजारका स्थानिय कृष्ण ज्ञवालीले बताए ।
काठमाण्डौ, धादिङ, बनेपा, लगाएतको देशको पुर्वी क्षेत्रबाट ३÷४ दिन देखी पैदल हिडदै सुदुर पश्चिमका विभिन्न स्थानिमा घर हिडेका यात्रुहरु दैनिक रुपमा रातदिन नभनी हिडदै आउने गरेको र कतिपय यात्रुहरु बेखर्ची भएको पाईएको छ । महिला बालबालिका सहित हिडदै आएका कतिपय यात्रुहरुको समुहलाई बोटोमा केही चोर समुहहरुले लुटेको समेत बताउनु गरेका छन । बोटमा यस्तो विचल्ली अवश्थामा महिला र केटाकेटीहरुको हिडाई र भोक देख्दा केही दयावान ब्यापारीहरुको मन खिन्न भए पछि खाना सम्म खुवाएर पठाउने पाउदा आफुलाई मनमा शन्ति मिलेको सुनवल चोकमा पत्रपत्रिकको पसल संचालन गर्दै आउनु भएका रिषी ज्ञवालीले बताए ।
गत सोमवार बेलुका देखी हरि ओम मिस्ठान भन्डारका संचालक न्यौपानेले यात्रुहरुलाई खाना खाजा सहयोग गर्न थालेको देखेर क्रमश ः सुनवल चौराहाका अन्य ब्यापारीहरुले पनि वहांलाई सहयोग गर्दै जाने क्रम बढदै गएको बताईएको छ ।



सम्बन्धित
Loading...