विश्वभर कोरानाका कारण मृत्यु हुने १ लाख ६० हजार ५ सय नाघ्यो
एजेन्सी । कोरोना भाइरसले विश्वभर मृतकको संख्या एक लाख ६० हजार ५ सय २२ पुगेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २११ भन्दा बढी राष्ट्रमा पुगिसकेको छ ।
विश्वभर संक्रमितको संख्या २३ लाख २९ हजार ३० जना पुगेको छ ति मध्ये ५ लाख ९५ हजार ७ सय ३८ जना पूर्ण रुपमा निके भएको छ । यो भाइरसको चपेटामा अहिले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।
अमेरिकामा ७ लाख ३७ हजार ९ सय २१ जना संक्रमित भएको छ भने ३८ हजार ९ सय ७४ जनाको ज्यान गएको छ भने ६७ हजार ६ सय ५३ जना पूर्ण रुपमा निको भएका छन् । ्
त्यस्तै स्पेनमा १,९४,४,१६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा १ लाख ७५ हजार ९ सय २५ जनामा कोरोनाको संक्रमण रहँदा २३ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।
यता भारतमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय २२ जना पुगेको छ । भारतमा यसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ५ सय २१ नाघेको छ भने २ हजार ४ सय ६३ जना पूर्णरुपमा निको भएर फर्किएका छन् ।
