भाटभटेनी सुपर मार्केटमा कारोबार खुला


भाटभटेनी सुपरमार्केटमा कारोबार खुला गरिएको छ । सामाजिक दूरी कायम गर्दै कारोबार खुला गरेको भाटभटेनीले जनाएको छ ।



स्वास्थ्य सावधानी अपनाउँदै शुक्रबारबाट काराेबार खुला गरिएको हाे । यसअघि भाटभटेनीले होम डेलिभरीमार्फत सेवा दिँदै आएको थियाे ।

सामाजिक दूरी कायम गर्ने, एकपटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको भाटभटेनीको भनाइ छ ।




राजधानी काठमाडौंभित्र रहेका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला गरिएको हो ।



सम्बन्धित
Loading...