नवलपरासीमा चितुवाको आक्रमणबाट एक जना घाइते


https://www.youtube.com/watch?v=gb0OfMva9HU



नवलपरासी, ८ बैशाख । पूर्वी नवलपरासीमा सोमबार विहान चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका ४ रुचाङका ५५ बर्षीय नौलासिंह रकिम मगर चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
नवलपरासीसँग सिमा जोडिएको तनहूँमा पछिल्लो सयम चितुवाको आतंक बढेको छ । नवलपरासी र तनहुँ जोडिएको जंगल क्षेत्रमा चितुवाको आक्रमण बढेसँगै यस क्षेत्रमा त्रास बढेको छ ।
चितुवाको आक्रमणबाट मगरको देव्रे हात, देव्रे खुटा र पेट चोट लागेको स्वास्थ्य चौकी रुचाङका स्वास्थ्यकर्मीले जनाएका छन् ।
उनलाई स्वास्थ्य चौकी रुचाङमा दुखाई कम हुने औषधि खुवाएर अहिले थप उपचारका लागि भरतपुर लगिदै छ ।
चितुवाले एउटा गाई र एउटा गोरु पनि मारेको स्थानीयले जनाएका छन् । स्थानीयले होहल्ला गरेर चितुवा धपाएपछि मगर बाँच्न सफल भएका थिए ।



सम्बन्धित
Loading...