लकडाउनमा महाकाली नदीबाट मान्छे ओसार्ने प्रहरी खोरमा

लकडाउनको समयमा महाकाली नदीबाट मान्छे ओसारपसारमा संग्लन रहेको भन्दै दार्चुलामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार राती महाकाली नदीबाट नेपाल भित्र्याइरहेको अवस्थामा महाकाली नगरपालिका-७ का २३ वर्षीय करन टमटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट महाकाली नदीमा ट्युबमार्फत २ जना व्यक्ति ओसार्दै गरेको अवस्थामा गसती रहेको प्रहरीले टोलीले टमटालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए । टमटाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।