नवलपुरका ४ सय ९८ आरडीटी र ४५ स्वाव परीक्षण, सबै नेगेटिभ
खगेन्द्र पराजुली,
नवलपुर । नवलपुरमा आज मंगलवार ९६ जनाको र्यापिड टेष्ट भएको छ भने हिजो संकलन भएका ५ वटा स्वाव नमूनाको रिपार्ट प्राप्त भएको छ ।
आज नवलपुरमा परिक्षण भएका ९६ जनाकै आरडीटीको नतिजा तथा प्राप्त ५ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज गरिएको आरडीटीमा गैंडाकोटका १० जना, देबचुलीका २० जना, कावासोतीका ३ जना, मध्यबिन्दुका १९ जना, बिनयी त्रिबेणीका ११ जना, बुलिङटारका २५ जना, बौदीकालीका ८ जना गरी ९६ जनाको परिक्षण भएको हो ।
हिजोसम्म नवलपुरमा ४ सय २ जनाको आरडीटी परिक्षण भएकामा आज भएका ९६ सहित जम्मा ४ सय ९८ जनाको आरडीटी नेगेटिभ पुष्टि भएको छ ।
अहिलेसम्म नवलपुरबाट परिक्षणका लागी पठाईएका ४५ स्वाव नमूना सबै नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
आज प्राप्त स्वाव रिपोर्ट गैंडाकोटका ३ जनाको र कावासोतीका २ जनाको रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।