मध्यविन्दु नगरपालिकाकाे विपद् काेषमा उद्याेग वाणिज्य संघकाे ५१ हजार सहयाेग

पार्वती पाण्डे –
चाेरमारा (नवलपरासी)। पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाकाे प्रकाेप व्यवस्थापन काेषमा मंंगलबार मध्यविन्दु उद्योग बाणिज्य संघले ५१ हजार रूपैया सहयाेग गरेकाे छ ।
मध्यविन्दु भित्रका अति विपन्न तथा असंगठित मजदुरहरुको राहत सहयोगको लागि मध्यबिन्दु नगर प्रमुख चन्द्र बहादुर रानामार्फत् काेषमा ५१ हजार रुपैयाँ सहयाेग गरेकाे संघका अध्यक्ष केदार पराजुलीले बताए।
संघका अध्यक्ष केदार पराजुली, बरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, उद्योग उपाध्यक्ष नारायण न्यौपाने, वाणिज्य उपाध्यक्ष होमनाथ पोख्रेल, महासचिव चेतन पौडेल, सचिव ध्रुव तिवारी, कोषाध्यक्ष देवलाल काफ्ले, सदस्यहरू सागर ढकाल, जानुका पोख्रेल, प्रकाश भण्डारी, कृष्ण प्रसाद काफ्ले लगायतकाे टाेलीले संयुक्त रूपमा रकम हस्तान्तरण गरेकाे हाे ।