आज एकै दिन नवलपुरमा २४९ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
- शोभा जि.सी. –

नवलपुर, १० बैशाख । पूर्वी नवलपरासीमा बुधबार एकै दिन २ सय ४९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ ।
यो सहित नवलपुरमा बुधबारसम्म ७ सय ४७ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । अहिलेसम्म नवलपुरमा गरिएको सबै परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।
नवलपुरमा अहिलेसम्मको तथ्यांक अनुसार ८ सय ६८ जना विदेशबाट आएका रहेका छन् । चापागाईका अनुसार विदेशबाट आएका शंकास्पद अधिकांश र शंका लागेका केही स्थानीयलाई समेत र्यापिड टेष्ट गरिएको हो ।
त्यसैगरी अहिलेसम्म ४५ जनाको नवलपुरमा स्वाव परीक्षण गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको चापागाईले बताए ।
चापागाईका अनुसार नवलपुरमा र्यापिड टेष्ट र स्वाब परीक्षण सकिएकोले नवलपुर अब बाहिरबाट आउने मानिसहरुको आवागमन रोक्न सके कोरोना संक्रमण न्यून हुँदै गएको बताए ।
त्यसैगरी नवलपुरमा अहिलेसम्म १ सय १७ जना क्वारेन्टाइनमा बसेकोमा ८९ जना घर फर्किएका छन् भने २८ जना अझै क्वारेन्टाइनमा बाँकी रहेका छन् ।
- बर्दघाटमा र्यापिट टेष्टमा पोजेटिभ भेटिएका पुरुषको स्वाव परीक्षण नेगेटिभ
- हिकोडेफ कावासोतीद्वारा नवलपुरका पालिकाहरुलाई १ लाख ४० हजार सहयोग