उवासंघ चितवनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र




कोरोना भाइरसका कारण उत्पन्न आर्थिक समस्या सम्बोधन गर्न माग गर्दै उद्योग वाणिज्य संघ चितवनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएका हुन् ।




कोरोना भाइरसका कारण व्याप्त व्यवसायीक एवं आर्थिक समस्यालाई सम्बोधनका लागि पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाइएको उनले बताए ।

महामारीका कारण उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या र भावी दिनमा हुनसक्ने आर्थिक जोखिमका बारेमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको उनले बताए । ज्ञापन पत्र बुझ्दै प्रजिअ भटराइले यसलाई सम्बन्धित निकायमा आजै पठाइने बताए ।



सम्बन्धित
Loading...