कोरोना भाइरस : विश्वभर २६ लाख संक्रमित, १ लाख ८३ हजारको मृत्यु




काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ । यो भारसका कारण अमेरिकाका ४६ हजार पाँच सय ८३ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ६ सय ७५ जना संक्रमित भएका छन् ।




इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन् र २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ ।

बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६३९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ११५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८३ हजार ९७८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १६ हजार ४९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...