गैंडाकोटका सामुदायिक विद्यालयहरुको गैंडाकोट नगरपालिकालाई १ लाख ५ हजार सहयोग




गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको तर्फबाट गैंडाकोट नगरपालिकाको रहेको विपद व्यवस्थपन कोषलाई १ लाख ५ हजार सहयोग गरेको छ।

नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रमका बीच विद्यालयहरुले कोषलाई रकम हस्तान्तरण गरिएको हो । सोहीक्रममा जनक माध्यमिक विद्यालय गैंडाकोट ४ का प्रधानाध्यापक चुणामणि कंडेलले रकम नगर–प्रमुख छत्रराज पौडेललाई प्रदान गरेका हुन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल, शिक्षा अधिकृत मोतिप्रसाद रिजाललगायत नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।



सम्बन्धित
Loading...