हरियाली अभियानले गर्यो आमाहरूलाई अवस्यक सामाग्री वितरण

सुजन अधिकारी –
कावासोती, ११ । विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (COVID19) को सन्दर्भमा नेपाल भर नै आज ३० औं दिन लकडाउन को अबस्थामा रहेको छ । यसै क्रममा सफा सुन्दर हरियाली गैडाकोट अभियानले विभिन्न सामाजिक र सेवामुलक कामलाई निरन्तरता दिएको छ ।
सफा सुन्दर हरियाली गैंडाकोट अभियान गैंडाकोट नगरपालिका भित्र मात्रै नभै जिल्लाभर नै अभियान चलाउने भनिएको र अभियानले आज कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको लक्ष्मीनारायण आश्रममा रहेका अशक्त र साहारा बिहिन वृद्ध आमाहरुलाई मातातिर्थ औंसिका अबसरमा नगद सहित लत्ताकपडा,खाद्यान्न र स्वास्थ सामाग्री वितरण गरेको छ ।
अभियानले यस अघि पुर्व पश्चिम महेन्द्रराजमार्ग भएर आफ्नो गन्तव्यमा हिडेरै पुग्न खोज्ने हजारौंका लागि निशुल्क खाना/खाजा वितरण गरेको थियो । `सफा सुन्दर हरियाली गैडाकोट´ का संयोजक गणेश सापकोटाले आफू र आफ्नो संस्थाबाट जुनसुकै सामाजिक क्रियाकलापमा सधैब यसरी नै क्रियाशील रहने बताएका छन ।
हरेक सनिवार गैंडाकोट नगरपालिकालाई हराभरा गराउने उद्धेश्यका साथ एक वर्ष अघि सुरुवात भएको अभियानले पछिल्लो समय जनमानसमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बिनोद रानाले स्थानीय तहले गर्नुपर्ने काम हरियाली अभियान गैंडाकोटले आफ्नो वडामा रहेका वृद्ध आमाहरुलाइ नगद सहित यसरी आवश्यक सम्पुर्ण सामाग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
“नेपाल सरकारले जारी गरेको एकद्वार प्रणाली मार्फत नै जनप्रतिनिधिको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको सफा सुन्दर हरियाली गैंडाकोट का सामाजिक अभियन्ता कविराज आचार्यले बताएका छन् । लक्ष्मीनारायण आश्रम कावासोतीकै परिसरमा भएको कार्यक्रममा समाज सेवि महेन्द्र पोख्रेल लगाएत सफा सुन्दर हरियाली गैंडाकोटका सदस्यहरु दिपक सापकोटा, सुशील काफ्ले,श्याम बन लगाएतको उपस्थिति रहेको थियो । लक्ष्मीनारायण आश्रममा भएको सो कार्यक्रम को सम्योजन हरियाली अभियान गैंडाकोटका सम्योजक गणेश सापकोटाले गर्नु भएको थियो ।