कतारको जेलमा रहेका १७ जना नेपालीलाई आममाफी




विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।

विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए । सोही आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।



हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना[social_warfare] मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।



सम्बन्धित
Loading...