जन्मदिनमा सुरक्षाकर्मीलाई चाउचाउ र पानी वितरण




दिपकराज भट्ट –
डडेल्धुरा । डडेल्धुराको अमरगढि नगरपालिकाका सुरक्षाकर्मीको पोष्टहरुमा आज अमर भाटले आफ्नो जन्मदिनको अवसरमा चाउचाउ र पानी वितरण गरेको छ ।
कोरोना नियन्त्रणका लागि निरन्तर जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीको महान कार्यको कदर गर्दै पानी ,चाउचाउ वितरण गरेको उनले बताए ।
उनले अमरगढी नगरपालिकाको पोखरा चेक पोष्ट, तुफानडाँडा, बागबजार चेक पोष्ट र रातागुनमा पनि चाउचाउ र पानी वितरण गरेका थिए ।



सम्बन्धित
Loading...