काठमाडौंमा अलपत्र परेको मध्यविन्दुका ८० जनालाई नगरपालिकाले घर ल्याउँदै


शोभा जिसी –
चोरमारा (नवलपरासी) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका घर भई काठमाडौंमा लकडाउनका कारण रोकिएका ८० जनालाई मध्यविन्दु नगरपालिकाले घर ल्याउने भएको छ ।
त्यसका लागि आज मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महतो नेतृत्वको टोलीसँग काठमाडौंतर्फ २ वटा बस पठाइने भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर राना मगरले बताए ।
आजसाँझ साढे सात बजे नयाँ बसपार्क, गोंगबु वा कलंकीमा बस आइपुग्ने र अन्य कोही छुटेकाहरुले ९८५७०४१६८५ मा सम्पर्क गर्न सकिने नगर प्रमुख रानाले बताए ।



 



सम्बन्धित
Loading...