मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न वितरण, दुख परे सम्झनुस्: अध्यक्ष श्रेष्ठ




  • नारायण प्रभु –

१२ बैशाख नवलपुर । मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज कावासोती १२ पिठौलिमा खाद्यान्न वितरण गरेको छ।




कावासोती १२ पिठौलीमा रहेका माझी बोटे मुसहर बस्तीका १५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।

ट्रस्टले गरेको पुण्य कार्यको प्रशंसा गर्दै स्थानीय युवाहरूले पनि नुन, तेल, साबुन लगायतका सामग्रीहरु थप गरि ट्रस्ट मार्फत उक्त परिवारलाई हस्तान्तरण गरेका छन्।
विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वास्थ्य सहयोग गर्ने उद्देेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना)कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो।

ट्रस्टले अहिलेसम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताए ।

ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको अनुभव सुनाउदै अब लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब मजदुरहरुलाई खाद्यान्न बितरण गरिने श्रेष्ठले जानकारी दिए।

सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती १२ पिठौलीमा बितरण गरिएको कार्यक्रममा वडाध्यक्ष   देबिलाल काफ्ले, श्याम श्रेष्ठ, लालचन श्रेष्ठ,एम.डि. कंडेल, गायक राजन गुरुङ,मीन घले, सागर गुरुङ लगाएतको उपस्तिथि रहेको थियो।

ञलकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने जानकारी गराउन समेत ट्रस्टका संरक्षक लालचन श्रेष्ठले अनुरोध गरेे।



सम्बन्धित
Loading...