घररघरमा हरियो ताजा तरकारी

बिरबहादुर बिसी, नवलपुर, ११ वैशाख ।
आफ्नो कृषि फर्ममा उत्पादित कृषि उपज बेच्न समस्या भएपछि मध्यबिन्दु ९ बसन्तपुरका कृषकले मोटरसाइकलबाटै घरघरमा तरकारी पु¥याउन थालेका छन् । लकडाउनका कारण उत्पादन भएको तरकारी बिक्री हुन छोडेपछि मोटरसाइकलमा टोकरी भरी करेला, काक्रो, घिरांैला, बोडि, लौकालगायतका तरकारी मध्यबिन्दु ९ वसन्तपुर भिमरहनी टोलमा रहेको तिवारी अर्गानिक कृषि फर्मबाट शंङ्कर तिवारी र मनोज चापागाइँले ग्राहकहरुको घर–घरमा पु¥याउने गरेका हुन् ।
विनयत्रिवेणि गाउँपालिका र बौदीकाली गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राबिधिक द्वय तिवारी र चापागाइँले कार्यालय समय बाहेकको बाँकी समयमा आफ्नै कृषि फर्ममा कृषि काममा लागि अभिभावकलाई सहयोग गर्ने, हाल तरकारी घरघरमा पु¥याउने र बिक्री गर्ने गरेको बताए । साथै आधुनिक कृषि प्रणाली अनुरुप अत्याधुनिक यान्त्रिकरण बिधीबाट व्यवसायिक खेती प्रणाली अपनाएमा घरमै बसेर पनि मनग्य आम्दानी लिन सकिने प्रशस्त सम्भावना रहेको उहाँहरुको ठम्याई छ ।