विजय लघुवित्त गोपीगन्जद्वारा प्रतापपुरलाई १० हजार सहयोग

- नन्दु यादव –
बैशाख १२ नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा प्रतापपुर गाउपालिकाको गोपीगन्जमा रहेको विजय लघुबित्त बित्तिय सस्था लिमिटेड गोपीगन्जले शुक्रबार प्रतापपुर गाउपालिकाको कोरोना भाईरस रोकथाम नियन्त्रण राहतकोषमा १० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वब्यापी रुपमा कोरोना भाईरस सक्रमण बढदै गईरहेको बेला रोग रोकथाम होस भनी प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मालाई १० हजार बराबरको चेक हस्तान्तरण गरिएको बिजय लघुबित्त बित्तिय सस्था लिमिटेड गोपीगन्जका शाखा प्रमुख मुन्ना सिध्दिकिले जानकारी दिए ।
बिजय लघुबित्त बित्तिय सस्थाको केन्द्रीय कार्यालयले ११ लाख कोरोना भाईरस रोकथाम तथा नियन्त्रण का लागि रकम सहयोग गरिने जनाएको छ ।