अलपत्र मजदुरलाई सांसद धामी र युवा नेता ऐरद्वारा उद्धार

दीपकराज भट्ट –
लकडाउनका कारण अलपत्रमा परेका कञ्चनपुरका ७० जना मजदुरहरुलाई काठमाडौँ बाट कञ्चनपुर पठाइएको छ ।
शुक्रबार कंचनपुर क्षेत्र नुम्बर २ का संघिय सांसद नरबहादुर धामी र सभामुखका स्वकीय सचिव नवराज ऐरको संयुक्र पहलमा उक्त मजदुरहरुको उद्धार गरिएको हो । ओखलढुगामा मजदुरी गरिरहेका १८ जना लगायत ७० जना मजदुर ३ दिन देखि काठमाण्डौ बसपार्कमा अलपत्र रहेको अवस्थामा सांसद धामी र स्वकीय सचिव ऐरको पहलमा उद्धार गरिएको हो । काठमाण्डौको गंगोवु नया बसपार्कका अलपत्र परेका मजदुरहरुलाई घर पठाइएको समाभुखका स्वकीय सचिव ऐरले जानकारी दिएका छन् ।
अलपत्र परेका मजदुरहरुले घर जान पाएपछि खुसी भएका छन् ।