कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या १९४,५४७ पुग्यो, २७ लाख ९६ हजार बढी संक्रमित
काठमाडौं, १२ बैशाख । चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९४ हजार ५४७ पुगेको छ ।
वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २७ लाख ९६ हजार ११८ पुगिसकेको छ, भने ७ लाख ७१ हजार १२७ जना निको भइसकेका छन् ।

यसैबीच, ९ लाख ६५ हजार ६७४ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन्, भने १८ लाख ३० हजार ४४४ हजार वटा केसहरु एक्टिभ छन् ।
यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५० हजार ९५२ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ९ लाख ३ हजार २०२ पुगेको छ । जसमध्ये ९० हजार २६१ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २५ हजार ९६९ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ६० हजार ४९८ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २२ हजार ५२४ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख १९ हजार ७६४ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या ९२ हजार ३५५ पुगेको छ ।
फ्रान्समा १ लाख ५८ हजार १८३ जना कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ८५६ को ज्यान गएको छ । यसैबीच ४२ हजार ८८ निको भएर फर्किएका छन् ।
यूकेमा पनि ज्यान गुमाउनेको संख्या १९ हजार ५०६ पुगेको छ, भने १ लाख ४३ हजार ६४६ जना संक्रमित छन् ।
त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म १० जना निको भइसकेका छन्, भने बाँकी ३९ जना उपचाररत छन् ।