सौजन्य साना किसानद्वारा माक्स, सावुन वितरण




नन्दु यादव –
बैशाख १४ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पिपरपातीमा रहेको सौजन्य साना कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई माक्स र साबुन वितरण गरेको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाईरसको सक्रमणबाट बच्नको लागि सहकारीले आफ्ना ५ सय ३६ जना शेयर सदस्य तथा सस्थामा आबद्धलाई माक्स र साबुन वितरण गरिएको सस्थाका व्यवस्थापक रामेश्वर कुशवाहाले जानकारी दिए।
सरकारले गरेको लकडाउनको बेलामा स्थानीय स्तरमा बसोबास गरेका शेयर सदस्य तथा सस्थामा आबद्धलाई सामान वितरण गरेको संस्थाका अध्यक्ष प्रदिप सिहले बताए ।
सस्थाले हरेक आपत बिपतमा यहाका जनताहरुलाई विभिन्न प्याकेजको रुपमा सहयोग गर्दै आएको छ भने बिभिन्न समयमा जनचेतनामूलक कार्यक्रम समेत सन्चालन गर्दै आएको सस्थाका सन्चालक सदस्य हरि कोईरीले बताए ।



सम्बन्धित
Loading...