काठमाडौं र कावासोतीमा अलपत्र परेकालाई कावासोती नगरपालिकाले उद्दार गर्दै

क्वारेन्टाइनमा बस्नै पर्ने, अनिवार्य आरडिटी चेक हुने




शोभा जिसी –
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले काठमाडौं र पोखरामा अलपत्र परेका कावासोतीका बासिन्दालाई घर ल्याउने भएको छ ।
आइतबार बसेको कावासोती नगरपालिकाको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकले काठमाडौं र पोखराबाट आउनेलाई अनिवार्य रुपमा १५ दिन क्वारेन्टाइनमा वा सम्बन्धित वडाका वडाध्यक्ष र परिवारको निगरानीमा घरमै क्वारेन्टाइनमा बस्नु पर्ने र त्यसैगरी आरडिटी चेक गरेर मात्र घर पठाइने निर्णय गरेको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।
काठमाडौंका लागि पत्रकार रामकुमार श्रेष्ठ (९८४७१७०४११) र सागर पोख्रेल (९८५७०४०४२८) लाई सम्पर्क व्यक्ति तोकिएको छ भने पोखराका लागि पत्रकार साकिलराम कोइराला (९८५७०४१४८५) र श्रीराम सिग्देल (९८५७०४०५०९) लाई सम्पर्क व्यक्ति तोकिएको छ ।
बैशाख १६ गते दिउँसो ४ बजेसम्म सम्पर्क गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।



सम्बन्धित
Loading...