परासीमा कैदी बन्दीलाई साबुन र सेनेटाइजर वितरण




परासी । पश्चिम नवलपरासीको जिल्ला कारागारमा रहेको कैदीबन्दीहरुलाई नेपाल रेडक्रस सोसाइटी पश्चिम नवलपरासीले हात धुने साबुन वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका जिल्ला सभापति राजेन्द्र अग्रहरी र रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले सयुंक्त रुपमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत जेलर जगत बस्नेतलाई साबुन हस्तान्तरण गरेको हो ।
कारागार पनि कोरोना संक्रमणको हिबासले जोखिमपुर्ण भएकाले त्यस्बाट बच्न पटक पटक हात धुनुपर्ने भएकाले पनि कैदीबन्दीहरुलाई १ सय ५० ओटा साबुन प्रदान गरिएको रेडक्रसका सभापति राजेन्द्र अग्रहरीले बताए ।
यस्तै रामग्राम नगरपालिकाले पनि कैदिबन्दीको लागी सेनेटाईजर उपलब्ध गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशंखर रायले यस्ता कार्यले विभिन्न संघ संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेकोले समाजमा पनि सकारात्मक सन्देश जाने बताए । जिल्ला कारागारमा हाल ४ सय बढि बन्दी रहेका छन् ।



सम्बन्धित
Loading...