चितवनमा मेडिकलको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै घेराउ



चितवन । पूर्वी चितवनको कालिका–२ स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मेडिकल घेराउ गरेका छन् ।
सोमबार बिहान पेट दुखेर मेडिकल पुगेकी २५ वर्षीया नीरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको उनका श्रीमान् भीम मोक्तानले बताए ।
मेडिकलमा उपचारमा लापर्बाही भएको र उनको थप उपचारका लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको उनले बताए । पर्सा जिल्लाको ठोरी–५, सुवर्णपुर घर भएका उनीहरू हाल कालिका–१, लंकालाइनमा भाडामा बस्दै आएका थिए ।
मेडिकल सञ्चालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाइ कम गराउने डिक्लोफेनिक र ग्याष्ट्रिकको सुक्राफिल औषधि दिई भरतपुर पठाइएको बताए । मेडिकल सञ्चालक रिजाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय टाँँडी लगिएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव भरतपुर सरकारी अस्पतालमा पोस्ट मार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...