आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ
आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ मध्यपुर ठिमी नगरपालिका-९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका २३ वर्षीय युवक छन् ।आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
पक्राउ परेका युवाविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।