पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ
संजय तिवारी –
परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले सोमबार लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ बर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, उइनसापास्मो २ सय ८१ क्याप्सुल, फेनरागत ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ फिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम र नाइट्रोभेट २ सय ३८ ट्याब्लेन र युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।