नवलपुरमा २ किलो गाँजा सहित एक जना पक्राउ

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ ।
२ किलोग्राम गाँजा सहित आईतबार राति मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिए ।
हुप्सेकोट गाउँपालिकामा स्थानीयलाई धम्काएर भागेका उनलाई प्रहरीले पछ्याउने क्रममा उनलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको हो ।
नेपालीलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।