चीनले अस्वीकार गर्यो आरोप
एजेन्सी । चीनले कोरोना भाइरसको बारेमा गलत हल्ला फैलाएको भन्ने आरोपलाई अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त आरोपको खण्डन गरेको हो । सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ग्यान्ज सुवाङले भने, ‘म यस कुरामा जोड दिन चाहान्छु कि चीन कुनै पनि व्यक्ति वा संस्थाहरुले फैलाएका गलत सूचनाको विरोध गर्दछ । चीन गलत हल्लाको शिकार भएको छ ।’

पछिल्लो हप्ता युरोपियन युनियनको एक रिपोर्टमा चीनले कोरोनाका बारेमा आधिकारिक तथ्याँक (महत्वपूर्ण प्रमाणहरु) लुकाएको दावी गरिएको छ । त्यस्तै अमेरिका र बेलायतका सुरक्षा अधिकारीहरुले पनि चीनले कोभिड–१९ बाट त्यहाँ मर्नेहरुको संख्या घटाएर बाहिर ल्याएको दाबी गर्दै आएका छन् । -बीबीसी