गजल

- नानी बिवु –
यो मान्छेको मगजमा बुद्धि आउने पनि खै कैले हो ?,
थाहा छ ? महोदय ऊ पछाडि परेको पनि रिसै हो ।
अरुले त सहानुभूति प्रकट गरे झै मात्र गर्ने हुन् ,
दुख कष्ट जे जे आइपरे पनि भोग्ने सबै आँफैले हो ।
उनी यस्तो होलान् भन्ने त सोचेकै थिइन मैले,
प्रस्ताब राखेको पनि ब्रेकअप दिएको पनि उनैले हो ।
यस्तो लाग्छ भनेर पनि बुज्दैनन् होला बाबाले त,
सन्तानको हर कुरा नभने पनि बुझ्ने त आमैले हो ।
बुहारीलाई कस्तो ब्यबहार गर्नुपर्छ थाहा थिएन,
सासु बन्न सिकाउनुभएको मलाई मेरै बज्यैले हो ।
- दुराडाँडा लमजुङ, हाल गैंडाकोट नवलपुर ।