नवलपुरको हुप्सेकोटमा बाहिरी जिल्लाबाट आएका सबै अनिवार्य क्वारेन्टाइनमा, मंगलबार चार जनाको स्वाव परीक्षणका लागि पठाइयो  




शोभा जि.सी. – 

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नवलपुर जिल्ला बाहेक अन्य जिल्लाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ ।




हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले हुप्सेकोटमा नवलपुर बाहेक अन्य जिल्लाबाट आएका सबैलाई अनिर्वाय रुपमा क्वारेन्टाइनमा राख्ने गरिएको बताए ।

हुप्सेकोटमा अहिलेसम्म बाहिरी जिल्लाबाट आएका २४ जना क्वारेन्टाइनमा बसेको र ति मध्ये १३ जना क्वारेन्टाइनका समय अवधि पुरा गरेर घर फर्किएका छन् भने ९ जना अझै क्वारेन्टाइनमा रहेका छन् ।

चार जनाको स्वाव संकलन

हुप्सेकोट गाउँपालिकाबाट मंगलबार चार जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।

हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण सापकोटाका अनुसार साउदीबाट आएका कोरोना संक्रमित जहाजमा सँगै आएका दुई जना र उनका आफन्त दुई जना गरी ४ जनालाई स्वाव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा पठाइएको हो ।

तिनीहरुको मंगलबार नै स्वाब संकलन गरेर पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

हुप्सेकोटमा यस अघि दुई जनाको स्वाब परीक्षण गरिएको थियो । ति दुवै जनाको नतिजा नेगेटिभ आएको थियो ।

त्यसैगरी हुप्सेकोटमा अहिलेसम्म ६८ जनाको र्यापिड टेष्ट आरडिटी गरिएको छ । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ ।



सम्बन्धित
Loading...