नवलपरासीमा मस्जिद मदरसामा अनुगमन




परासी, १६ बैशाख । मस्जिद–मदरसामा जिल्लास्तरिय अनुगमन समितिले नवलपरासीको विभिन्न मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको छ जिल्लास्तरिय अनुगमन समितिले पहिलो दिन जिल्लाको पाल्हीनन्दन गाउँपालिका पर्ने १४ वटा मस्जिद मदरसाहरुको अनुगम गरेको छ भने मंगलबार दोश्रो दिन प्रतापपुर र सुस्ता गाउँपालिका एक दर्जन मस्जिद मदरसाहरु अनुगन गरेको हो ।
अनुगमन गर्दा मस्जिद र मदरसाहरुमा तबलीगि जमात वा कोई पनि अपरिचित भारतीय व्यक्तिहरु लुकेर बसेको छन कि छैन भन्ने निगरानी गर्दै मुस्लिम समुदायले सामाजिक दुरी कायम गरेको र लकडाउनको पाल्ना गरेनगरको पनि निगरानी गरिएको समिति संयोजक भेष बहादुर खरेलले जानकारी दिए ।
क्रोना भाईरसको संक्रमण नेपालमा पनि फैलिदै जाँदा मस्जिद मदरसाहरुमा तबलिगी जमातहरु लुकेर बस्ने र संक्रमण समुदाय समेतमा फैलाउने खरबहरु बाहिर आउन थालेपछि मुस्लिम आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्ने र लुकेर बस्ने तबलिगी जमात वा अपरिचित व्यक्तिहरुलाई स्थानिय प्रशासनको समन्वयमा क्वारेन्टाईनमा पठाउने उद्देश्य अनुरुप यस जिल्लामा अनुगमन भैरहेको बताइएको छ । समितिले जिल्ला प्रशासन कार्यालय र स्थानिय तहहरुको रोहबरमा मस्जिद मदरसाहरुको अनुगमन गरिरहेको समिति सदस्य हैदर अलि मोमिनले जानकारी दिए ।
समितिले अनुगमनको क्रममा जिल्लाको पाल्हीनन्दन गाउँपालिकाको बेलासपुर, कुश्मा, हरपुर, सुनरी, रमपुरवाँ, लोहरौली, भगतपुरवाँ, गेरमी, चमनटोला र पडरि र प्रतापुर गाउँपालिकाको सुर्यपुरा, हर्कपुरा, बसैया, परसौनी र सुस्ता गाउँपालिकाको रामनगर, कुडिया, नर्सही, रतनगंज, बनकट्टी लगायतका मस्जिद मदरसाहरुको अनुगमन गरेको छ । अनुगमन गर्दा ति मस्जिद, मदरसाहरुमा कुनै पनि व्यक्ति लुकेर नबसेको र लकडाउन भएदेखि मदरसाहरु पुर्ण रुपले बन्द गरिएको र यस पवित्र रमजान महिनामा मस्जिदहरुमा सामुहिक नमाज नपढन आग्रह, लकडाउनको पुर्ण पाल्ना गर्न समितिले आग्रह समेत गरेको छ । जिल्लामा करिब ५० वटा मदरसा र ५५ वटा मस्जिदहरु छन् । समितिले तिसबै मस्जिद र मदरसाहरुको अनुगमन गरिरहेको सदस्य बुद्धन अलिले जानकारी दिए । समितिले एक रोडम्याप बनाई सबै पालिकाहरुको मस्जिद मदरसाहरु अनुगमन गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...