दक्षिण कोरियामा आगलागीमा २५ जनाको मृत्यु


एजेन्सी । दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी शुरु भएको थियो ।




राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको बताइएको छ । आगलागी शुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए । यस आगलागीमा परी २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । अन्य सात जना घाइते भएका छन् । अझै पनि कैयौ श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।



सम्बन्धित
Loading...