सामाजिक दुरीको नियम उलंघन गर्दै राहत बाँढदै वडा कार्यालायहरु

गोपी ज्ञवाली –
नवलपरासी, १८ बैशाख । एक महिना भन्दा लामो समय देखी भएको लकडाउनका कारण समस्यामा परेको विपन्न एवं मजदुरहरुलाई वडा कार्यालयहरुले राहत बाँडने क्रममा सामाजिक दुरी राख्नु पर्ने नियमलाई ब्यापक रुपमा उलंघन गर्ने गरेका छन ।
सुनवल नगरपालिकाले नगरका विभिन्न स्थानमा रहेका विपन्न एवं असाहाय वर्गका मानिसहरुलाई पछिल्लो हप्ता देखी विभिन्न चरणमा राहत सामग्री बाँडदै आएको भए पनि राहत वितरणको क्रममा न्यूनतम सामाजिक दुरी विना नै राहत सामाग्री बाँडदै आएको पाईएको छ ।
मानिसहरुको भिडभाड नगराउने भन्दै नगरपालिकाले नगर भित्र बाडिने राहतलाई वडा वडाबाट बांडनका लागि निर्णय गरेको भए पनि राहत लिन आउने सेवाग्राहीहरु राहत लिने क्रममा सुनवल नगरपालिका वार्ड नम्बर एक, दुई, वडा नम्बर छ, वडा नम्बर ७ लगाएतका वडाहरुमा जथाभावि रुपमा उपस्थित भएको सुनवल ४ का स्थानियवासी रवि ढकालले बताए ।
राहत दिने स्थान वडा कार्यालयहरुमा सेवाग्राही वचमा सामाजिक दुरी राख्ने विषयका कुनै सावधानी नगरेको पाईएको छ । राहत लिन आउने सेवाग्राहीहरुले सामाजिक दुरी नबनाई माक्स वा सेनेटाईजर समेत प्रयोग नगरी जोखिमपुर्ण तरिकाबाट राहत दिने गरेको पाईएको छ ।