गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ काठमाडौंमा सक्रिय, पार्टीका नेताहरुसँग छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका छन् ।
राजनीतिक संकट गहिरिएकै अवस्थामा प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्री ओली दलभित्रै संकटमा फसेपछि दुई दिनदेखि काठमाडौं आएर सक्रिय रहेका सुब्बाले बुधबार पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा पद छाड्न नहुने अभिव्यक्ति दिँदै आएका गुरुङले अध्यादेश फिर्तासँगै विवाद सकिएको बताएका थिए ।
मुख्यमन्त्री गुरुङले बुधबारमात्रै रक्षामन्त्री इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेता देव गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग बेग्लाबेग्लै छलफल गरेका थिए ।
