नवलपरासीमा सशस्त्र प्रहरीमाथि ढुंगामुढा गर्ने दुई जना तस्कर पक्राउ
श्याम थापा –
लकडाउनको मौका छोपी नदीजन्य वस्तुको तस्करी गर्ने दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासीको सुस्ता-३, रेवारेता र विनयी त्रिवेणी-७ को सिमानासंग जोडिएको नारायणी नदीमा गएराति नदीजन्य गिट्टी-बालुवा चोरी गर्दै गरेको ट्याक्टर सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सो क्रममा ३० जना भन्दा बढीको संख्यामा रहेको तस्करहरुले प्रहरीमाथि ढंगामुढा गर्दा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षण्क गोविन्द ढकाल घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक ढकाललाई चोट लागेपछि थप शस्त्र प्रहरी कमान्डहरु र जरलैया युवा क्लबका सहयोगले ढुङ्गामुढा गर्ने २ जना सहित लु ४ त २२१५ टयाकटर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सुस्ता-३ रेवा रेता बस्ने हिरा केवटको टयाकटर र ढुङ्गामुढा गर्ने रेवारेता बस्ने बर्ष १८ का तुफानी केवट र सोही स्थानमा बस्ने बर्ष २० का श्यामलाल केवट रहेका छन् ।
नियन्त्रणमा लिएको ट्याक्टर र द्वेव केवटलाई ईलाका प्रहरी कार्यालय बिनयी त्रिबेणिलाई जिम्मा दिएको छ। थप सुरक्षा परिचालन गरि सामान्य घटनादेखि तस्करी नियन्त्रण सम्म अहोरात्र दिनरात गरि अहम भुमिका निभाउने सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिनयी त्रिबेणिका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर ठकुरीले बताएका छ्न ।