चितवनमा लकडाउनको ३५ दिन : सात बलात्कार, तीन हत्या




चितवन । चितवन जिल्लामा लकडाउनको ३५ दिनको अवधिमा ११ वटा गम्भीर प्रकारका मानवअधिकार उल्लंघनका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ७ वटा बलात्कार घटना, ३ वटा हत्या र एउटा बाल यौन दुरुपयोगका घटना रहेको चितवन प्रहरी प्रवत्ता डिएसपी एकनारायण कोइरालाले बताए । जसमा २ घटनामा महिला, ३ घटनामा पुरुष र ६ घटनामा बालिका पीडित भएका छन् ।

०७६ चैत १३ गते १२ वर्षीया बालिकालाई नाताले काकाको छोरा (दाइ) पर्ने १३ वर्षीय बालकले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । ०७६ चैत १८ गते ७ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी चैत २० गते जिल्ला प्रहरी कार्यालय चितवनमा ५२ वर्षीय आरोपितविरुद्ध उजुरी परेको छ ।




त्यस्तै ०७६ चैत २० गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको भनी २२ वर्षीय युवक भुवन सापकोटाविरुद्ध चैत २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

०७६ चैत २३ गते ४६ वर्षीय पुरुष सखिचन महराको हत्या भएको भनी आरोपी ३३ वर्षीय कुन्तदेव महराविरुद्ध इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा उजुरी परेको छ ।

०७७ वैशाख १ गते २० वर्षीया महिलालाई २२ वर्षीय आरोपित अभिषेक धमलाले बलात्कार गरको भनी वैशाख २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

०७७ वैशाख ४ गते ४३ वर्षीय पुरुष लालकुमार राउतको हत्या भएको भनी इलाका प्रहरी कार्यालय रत्ननगरमा वैशाख ५ गते उनकोे छोरा सन्दिप राउतले उजुरी दिएका छन् । ०७७ वैशाख ३ गते १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय पुरुष रामहरि भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

वैशाख ९ गते राप्ती नगरपालिका १ मा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५९ वर्षीय रामबहादुर तामाडविरुद्ध प्रहरीमा उजुरी परको छ ।

त्यस्तै, १७ वर्षीया बालिकालाई १९ वर्षीय युवाले बलात्कार गरेको भन्दै वैशाख १४ गते चितवन प्रहरीमा उजुरी परेको छ । माडी नगरपालिकामा वैशाख १२ गते २३ वर्षीय युवकले १६ वर्षीय बालिकालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ ।

वैशाख १४ गते भरतपुर ११ मा २४ वर्षीय हरिभक्त महतोको हत्या भएको भनी कर्तव्य ज्यान मुद्दामा ३ आरोपी विरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवलने जनाएको छ ।



सम्बन्धित
Loading...