कोरोना परिक्षणका लागि नवलपरासीमा दुई सय आठ जनाको स्वाब संकलन गरियो


गोपी ज्ञवाली ।
नवलपरासी, १९ बैशाख । पश्चिम नवलपरासीको विभिन्न गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई सय आठ जनाको कोरोना भाईरस परिक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको समन्वयमा पछिल्लो विभिन्न बुधवार देखी जिल्लाका विभिन्न गाउँपालिकाहरुमा कोरोना भाईरस संक्रमण भए नभएको पुष्टि गर्नका लागि नमुना संकलन शुरु गरिएको थियो । गत बुधवार सुनवल नगरपालिकाबाट शुरु गरिएको नमुना संकलन अहिले सम्म आउदा सुनवल, वर्दघाट, रामग्राम नगरपालिका, सुस्ता, पाल्हीनन्दन, प्रतापपुर, सरावल लगाएतका पालिकाहरुमा गरि शुक्रवार सम्म जम्मा दुई सय आठ वटा नमुना संकलन गरिएको जिल्ला स्वाश्थ्यय कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले बताए ।
स्वाब परिक्षणमा सुस्ता गाउँपालिकामा २५ जना, प्रतापपुर गाउँपालिकामा २५ जना, सुनवलमा ४१ जना, वर्दघाटमा ३१ जना गरि जिल्लाका सात वटा पालिकाहरुमा गरि जम्मा दुई सय आठ जनाको स्वाब(पिसिआर) नमुना संकलन गरिएको बताईएको छ । संकलन गरिएका नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाएको छ ।
स्वाब परिक्षणका लागी पठाएको स्वाबको पिसिआर रिपोर्ट नआदा सम्म सम्बन्धित ब्यक्तिहरु क्वारेन्टाइनमा रहने र रिपोर्ट नेगेटिभ आए मात्र स्वाब परिक्षण गरेका ब्यक्तिहरुलाई घर फिर्ता पठाइने जिल्ला जनस्वास्थ्य नवलपरासीका प्रमुख ढकालले बताएका छन ।
पहिलो चरणमा सुनवल र वर्दघाटबाट संकलन गरिएको नमुनाका रिपोर्ट सबैको नेगेटिभ आएको जिल्ला स्वाश्थ्य प्रमुख ढकालले बताए ।



सम्बन्धित
Loading...