एक महिनाअघि क्वारेन्टाइनबाट ६ सय जनासँगै बाँकेका कोरोना संक्रमित


बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।



भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भाग्दा उनी पनि भागेका प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनी डीएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । लकडाउनमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या भएपछि भने उनी रमजानको शुरुआतीसँगै मस्जिदमा बस्ने गरेका थिए ।




उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ ।



सम्बन्धित
Loading...